मायाको जल

न मुस्कानलाई हाँसो बनाई हाँस्न सकें

न आँसुलाई परेलीमा ल्याई झार्न सकें

भित्र जलनले मुटु खरानी हुदैँ गयो,

मायाको जलले नत यसलाई निभाउन नै सकें ।।


न शब्दलाई गीत बनाई गाउन सकें

न सारङ्गीलाई रेटी संगीत बनाउन सकें

भित्र जलनले मुटु खरानी हुदैँ गयो,

मायाको जलले नत यसलाई निभाउन नै सकें ।।


न बेसहरालाई हात दिई सहारा बन्न सकें

न आफ्नो लागी सहारा भेट्टाउन नै सकें

भित्र जलनले मुटु खरानी हुदैँ गयो,

मायाको जलले नत यसलाई निभाउन नै सकें ।।


न बेदना मुटुका सुख बनाई झिक्न सकें

न खुशीलाई ओठमा ल्याई हाँस्न सकें

भित्र जलनले मुटु खरानी हुदैँ गयो,

मायाको जलले नत यसलाई निभाउन नै सकें ।।


न आगो लगाई शरीरमा आफैं जल्न सकें

न फुल भई वृक्षमा झुलेर फल्न सकें

भित्र जलनले मुटु खरानी हुदैँ गयो,

मायाको जलले नत यसलाई निभाउन नै सकें ।।


न टुक्राटुक्रा भएको छाती समेटी जोड्न सकें

न विछोड अनि पर्खाईको पीडा झेल्न सकें

भित्र जलनले मुटु खरानी हुदैँ गयो,

मायाको जलले नत यसलाई निभाउन नै सकें ।।


न विवशतालाई भाग्यसँग जोड्न सकें

न प्रेमलाई मनभित्रै तोड्न सकें

सकें अब केवल तिम्रो हुन सकें

हिजो त्यो याद आज पुरै खरानी बनाई सकें

भित्र जलनले मुटु खरानी हुदैँ थियो,

मायाको जलले मात्र यसलाई, आज निभाउन सकें ।।


Post a Comment

0 Comments