प्यासी-१

हाम्रो समाज, गाँउ, ठाँउ र देशका विभिन्न स्थानहरुमा सत्य तथ्यका रुपमा लुकेर रहेका घटनाहरु थिए, कुनै रहस्य मै सिमित भए त कुनै ठुलो आवाजका साथ विष्फोट भए तर आवाज सुन्न केवल जसलाई पीडा थियो उसले मात्र सुने बाँकी मौन नै रहे । यदी यी घटना र पात्रहरु कसैको वास्तविक जीवनसँगै मेल भएमा संयोग मात्र हुनसक्छ र यसबाट कुनै आन्तरिक पीडा भएमा क्षमा चाहन्छु । 

भनिन्छ नि शरिरको कुनै भागमा कर्क रोग अर्थात क्यान्सर भयो भने त्यो भाग काटिन्छ नत की मर्नलाई त्यसै छोडिन्छ । सकेजति विज्ञान र आध्यात्मको पौंच भएसम्म बचाउन प्रयास गरिन्छ । तर कुनै त्यस्तो पीडा हुन्छ जसले मानिस पशु बन्छ अनि समाज त्यसलाई पचाउन सक्दैन, त्यसपछि मानसिक रुपमा भित्रभित्र जलेर आफुलाई नै समाप्त गर्छ जुन धर्म सम्मत र सामाजिक रुपमा निन्दनीय छ । हो संसारमा सबै खुशी मान्छे सुखी छन् र सबै दुःखी मानिस पीडामा छन् भन्ने पनि छैन । जसले समयसँग आफू परिवर्तन हुन र गर्न सक्छ त्यो नै अस्तित्वमा रहन्छ र सुख दुःख सँगै जीवन सफल रुपमा जिउन सक्छ । यो एउटा परम सत्य हामीले भुल्नु हुँदैन तर जसजसले समय र जीवनसँगको मिश्रण बुझेर लग्न सकेनन् की आफैं समाप्त भए, की त बाध्यताले समाप्त हुनु नै एउटा विकल्प भयो । 

कुनै समय निकै नै सुन्दर र प्रकृतिले फुरसदमा विभिन्न श्रृंगार गरि सृजना गरेको रातमाटे भन्ने गाँउ थियो जसको अहिले नाम परिवर्तन भएको छ, माटो पनि कालीमाटे भएको छ, सुन्तला फल्ने बोटमा फुल फल्छन् तर फल लाग्दैन, साँझ र बिहान स्यालका रोएको आवाज सुनिन्छ तर त्यो कोइली, मैना र पन्क्षीहरुको गुटुरगुर अनि चिरवीर सुनिदैँन । मानौ की शान्त तलाउमा कसैले ढुंगा हानेर जलचरमा भागदौड बनाए जसरी तरङ्गीत भएको छ । प्रकृति नै स्तब्ध छ अनि भक्कानिएका मनहरु रुन नसकी नयनका डीलमा आँसु टिलपिल गरि भक्कानिन प्रयासमा छन् । तर किन प्रश्न छ, अनि उत्तर कसैसँग छैन, वास्तविकता के छ ? बुझ्दै जाँदा कारक अनि कारण बुझियो तर प्रश्नको उत्तर अनुत्तरित नै रह्या्े ।

बालापनमा भनेको जस्तो मीठो खान पाउनु, अरुको भन्दा अलिकति भएनि राम्रो भए जस्तो हुनु, साथीभाई सँग खेल्न, कुद्न अनि अल्फट्याङ्ग काम गरेर अरुलाई दुःख दिँदा मुहारमा आउने चमक र त्यही कारण घरमा बाबु आमाको चड्कने माया हुँदा लाग्छ बालापन सफल नै भयो । अझ झन कहिले काही गृहकार्य नगरि स्कुलमा पिटाई खानु, पढ्न नपरेर घुम्न जान पाएत सबैभन्दा रमाइलो, यो सबै चनचले मानसिकता हो जसमा उल्टो गर्दा नि खुशी लाग्छ तर वास्तविकता फरक हुन्छ । हो त्यस्तै थियो भालचन्द्रको बालकपन, बाबु सरकारी जागिरे अनि पुस्तिनी सम्मत्ति त दिनभरमा पनि डुलेर सकिदैन थियो रे । जन्ममा साइलो सुपुत्र अनि दिमागमा जेष्ठ, अति मिलनसार थिए रे, सबैको प्यारो अनि आदर गर्न जान्ने अनि नजान्नेलाई यसो गर्नुपर्छ भनि अर्तिपनि दिने रे । कतिसम्मकी कहिले काही त ठुलाबडा मान्छे नै दङ्ग पर्नुहुन्थ्यो रे । उनका ती कुरा अनि विचार सुनेर ।

तर समयलाई कसले चिन्न सक्छ, यसको चक्रमा कसरी रुमलिन्छ अनि जीवनका मोडहरु कतातिर लाग्छन् थाहै हुदैंन । पुरानो पीडी जसले व्यवहार गर्न संघर्ष गर्छन अनि देख्दा सुन्दा उसको परिवार सुखी हुन्छ तर भित्रभित्र व्यवहार लथालिङ्ग भएर परिवार नै टुक्रिन्छ, भताभुङ्ग हुन्छ अनि कालो बादल मडारिन थाल्छ । भालचन्द्रका दिनहरु राम्रै थिए अनि बुबाले पनि ३ वटी दिदीहरुको विवाह आफ्नै कुलकुटुम्बमा गरिदिनु भएको थियो । जेठा दाजु कृष्णचन्द्रको पनि विवाह भइसकेको थियो, मानौ सबै समय अनुसार चलिरहेको थियो । भाउजूले नि देवरहरुलाई स्नेह र मायाका साथ हेरविचार गर्नु हुन्थ्यो । पुरानो समय थियो जस्तो समाजको रितिथिति त्यस्तै नै जीवनयापन थियो । ज्यादै सुखी परिवार थियो । खेतीपाती धेरै भएकोले आमा त्यसमै बिहान देखि साँझसम्म लाग्नु हुन्थ्यो अनि कान्छी बहिनीले घरमा खाना पकाउन भाउजूलाई सघाउने तर तीन भाई विहे नभएकाले स्कुल जाने, खेल्ने खाने र डुल्ने गर्थे जस्तो अहिलेका बच्चाहरु चाहन्छन् नि एकछिन भएपनि मोवाइलमा फेसबुक र टिकटक बनाउ, हेरौ भन्ने तर त्यतिबेला प्रविधि थिएन, मोजाको बल बनाएर खेल्ने, आसपास र लुकामारी खेल्ने की डन्डीवियो खेल्ने आदी खेल त थिए । यसरी पढाईभन्दा खेल प्यारो भएका छोराहरुदेखि बाबुले कलिलै उमेरमा भाईहरुको अनि भालचन्द्रको पनि विवाह गरिदिने विचार गरेछन् । ७÷८ मा पढ्दै गरेको उनको पनि विहे भएछ त्यति बेला....... अब व्यवहार पर्न थाल्यो नि अनि माइलो दाई तरकारी र कृषितिर लागेछन् भने भालचन्द्र सैनिकतिर भर्ति हुन बाबुसँग सल्लाह गरेर गएछन् । 

जागिर खान अहिले जस्तो गाह्रो थिएन रे,  त्यति बेला अलिअलि पढेकाले राम्रै पदमा जागिर खान्थे रे । उनले पनि शरिर बलवान र मान्छे विद्धान भएकाले जागिर त पाइहाले त्यतिबेला शाही नेपाली सेनामा उनको नाम पनि निस्किएछ । चाहेको भए उनि अन्य सरकारी जागिरमा पनि सक्षम थिए तर पढाई बीचमै छाडेर किन जागिरतिर लागे थाहा थिएन । समयले जस्तो बाटो देखाउँछ त्यतै त होलानी जीवन पनि जाने होइन र ? अब सेनाको ट्र्ेनिङ्गमा जानलाई उनको केहिदिन मात्र बाँकी थियो रे अनि साथीभाईसँग भेटमा अब म जागिर खाएर टन्न पैसा कमाउँछु अनि शहरतिर बस्छु भनि भन्थे रे ।

अनि साथीभाई चाँही जिस्काउदै भर्खर विहे भा छ भाउजूलाई सम्झेर फर्किन्छ यो नयाँ नयाँ रस बस्या छ भनि भन्थ रे । ऊ लाज मानि त्यस्तो होइन भन्थ्यो अनि पछि भेटौंला भनि घरतिर लाग्थ्यो रे । उता घरमा कलिलै उमेरकी श्रीमती र आफ्नो श्रीमान् छाडेर जान लागेकोमा पीर गर्दै उनि सामु रुन्थिन रे , ऊ पनि धेरै समय होइन बेला बेला घर आउँछु नि भनी अंगालोमा लिएर माया गथ्र्यो रे अनि कोही नभएको मौकामा एकअर्कामा रमाउथे रे । हुनत त्यो प्रेम नै हो जसमा आज पनि संसार अडेको छ तर प्रेम वासनामा परिवर्तन भएपछि अनि मान्छे पशु बन्छ श्रद्धाञ्जली ।


Post a Comment

0 Comments