सितु उनी
कसैले सोधे तेरो इच्छा संसारमा के हो भनी
भनिदिन्छु मिलोस सितु मलाई हजारौं जूनीजूनी
नछुटोस् साथ हाम्रो कुनै बाधामा पनि
तिमी मेरो म तिम्रो भइसक्यौ जीवनसङ्गिनी
मर्दिन अब काल मलाई लिन आए पनि
जान्न कतै तेरो अधर नचुमेसम्म भनी
मिलन यस्तो सँगै जाने जहाँ गएपनि
बनाउँला घर हाम्रो नीलो गगनमा भएपनि
बादलुको फूलवारी इन्द्रेणीको ढोका पनि
ताराहरु घुमिदिन्छन भमरा झै फनफनी
स्वर्गरुपी घरदेखि लजाउछन् परी पनि
ओइली फूल झै नवर्षियोस बादल झरी बनि
अँध्यारोमा आइदिउँला दीप बनि
दुःखमा हाँस्न सिकाइदिउँला म पनि
रुन दिन्न तिमीलाई कुनैदिन जानीजानी
सपना होइन यो विपना हो मेरी सितु रानी
0 Comments
Thank you for your valuable feedback. Please keep on follow and share my blog.