प्रश्न मात्र ?

  के विचार बदल्नु नैतिकता बद्लिनु हो र?

हामी दशकौंदेखि अब हुन्छ अब केही हुन्छ भनि हेरि रह्यौ तर विडम्बना देश झनै कहालि लाग्दो स्थितिमा आएको छ, मनमा डर छ अब फेरि के हुन्छ, मलाई मात्र होइन जनमानस सबैलाई , के बालक, युवा, महिला, आमा , बुबा, नेता, अभिनेता, कलाकार? चिन्ता छ देशको ।

मनमा यी कुराहरूले दोधारमा पारेको छ:

- सत्ता फेरिए तर महावीर पुनहरूका सपना फेरिएनन्, आज तराईको गर्मी, हिमाल-पहाडको जाडोमा किताब लिउ म नयॅंा केही देशलाई दिन सकॅुं भनी भागीरहेछन, के सरकारले सम्बोधन गर्न नसक्ने थियो र?

- देशको GDP बढाउन आज सम्म के प्रयत्न भए? , भएका कलकारखाना बन्द, अझ फेरि सत्ता हेरिदिनु पर्ने ? त्यही दलका नयॅंा पुस्तामा हस्तानतरण गरेर अभिभावक बन्न नहुने ? 

- थाई एयरले विश्व आकाश भरिदॅंा , खोई हाम्रो नेपाल वायु शेवा निगम, कस्ले रोक्यो ? पर्यटक हाम्रा विमान चडेर आउॅंदा आर्थिक रूपमा देश र रोजगारिका सम्भावना खोज्न कस्ले रोक्यो आजसम्म  ?

- विदेशी पीय पदार्थले देशको पैसा बाहिरिदॅंा जम्ला, हुम्ला र मस्ताड॰मा स्याउ कुहिन्छ, खोई कहॅंा चुक्यौं हामी, कस्ले रोक्यो ? French, Australian etc etc… आदी भन्न्दा ती नै फलफूललाई आधुनिक प्रविधिबाट वाईन र लोकल पीय पदार्थलाई Branding गरेर निर्यात गर्न किन र कस्ले आजसम्म रोक्यो ? 

- अरबको तेलले आज हामी कामदार भएर त्यही रेमिट्यान्सले देश चलेको छ, कस्ले रोक्यो जलविद्युत र जडीबुटीलाई व्यवसाहीकरण गर्न ?

- कति छन् सम्भावना त्यो अनुसन्धान गर्न कस्ले रोक्यो आजसम्म ? फेरि विश्वास गरिदिनु पर्ने 

- अख्तियार र आयोग बने तर किन सकिएन कानूनले सजाय दिन ?

- युवाबाट आज बुढेस्काल तर्फ लाग्दा हाम्रा सन्तानका प्रश्नहरूको उत्तर मसॅंग त भएन, फेरि सामाजिक सन्जालमा ठुलाठुला कुरा, अरूको आलोचना, न्यायधीस भएर विना डिग्रीका महानुभावको सुझाव के लाई, माथिका प्रश्नको सही उत्तर देऊ कोही अनि मुल्यांकन गर्नु

-फेरि पनि स्वविवेकी निर्णय गर्न चुके हाम्रा सपना र ॲंाखा सन्तानको सामिप्यताको प्यासी हुने छौं र गुलामी नियति हुने छ । 

मुख्य कुरा देशको स्वाभिमान बचाएर राख्नु छ, परराष्ट्र नितिलाई सम्मानजनक राखेर व्यापार र सहयोगहरू लिनु नि छ र दिने नि बन्नु छ, सोचसॅंग काम पनि बदल्नु छ नत्र पश्याताप मात्र नरहला भन्न सकिन्न ।

फेरि सम्भावनाका कुरा अर्को अध्यायमा 🙏



Post a Comment

0 Comments